सत्य निरुपण तथा मेलमिलापमा थापा र बेपत्ता आयोगमा गड्तौला नियुक्त

काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगलाई पूर्णता दिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगमा ऋण असुली पुनरावेदन न्यायाधिकरणका पूर्वअध्यक्ष महेशकुमार थापा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग अध्यक्षमा पूर्वमुख्यसचिव लिलादेवी गड्तौलालाई नियुक्त गरेको हो ।

थापा नेपाली कांग्रेस र गड्तौला नेकपा एमालेका तर्फबाट सिफारिस भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार