काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले ८४ हजार ६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
संस्थाले प्रतिकित्ता ४२५ रुपैयाँँका दरले संस्थापक शेयर बिक्री खुला गरेको हो ।
पहिलो प्राथमिकताअनुसार संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुका लागि उक्त शेयर खुला गरिएको हो ।
इच्छुक संस्थापक शेयरधनीले ४५ दिनभित्र विवरण खुलाई आवश्यक कागजात प्रमाण संलग्न गरी संस्थाको केन्द्रीय कार्यालय कमलपोखरीमा खरिद गर्ने शेयर कित्ता र मूल्य समेत खुलाई निवेदन दिन सक्नेछन् ।

