काठमाडौं । नेपाल धितोपत्र बोर्डले पिपुल्स पावरलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले १ः०.५ अनुपातमा ३१ लाख ६३ हजार कित्ता शेयर बिक्री गर्न अनुमति पाएको हो ।हाल कम्पनीको चुक्ता पुँजी ६३ करोड २६ लाख छ ।
सोहि पुँजीको आधारमा ५० प्रतिशतले हुन आउने ३१ करोड ६३ लाख बराबरको हकप्रद शेयर निष्कासन गर्न बोर्डले कम्पनीलाई अनुमति दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापुँजी ९८ करोड ८९ लाख कायम हुनेछ ।

