बुटवल पावर कम्पनीलाई न्यादी हाईड्रोपावरको शेयर बिक्री रोक्न निर्देशन

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले न्यादी हाईड्रोपावर लिमिटेडमा रहेको ३१ लाख कित्ता शेयर बिक्री गर्ने निर्णय गरेपछि नेपाल धितोपत्र बोर्डले उक्त कार्य तत्काल रोक्न निर्देशन दिएको छ।

बैशाख २४ गते कम्पनीबाट पत्र प्राप्त भएको उल्लेख गर्दै बोर्डले सार्वजनिक जानकारीको लागि उक्त निर्णयसम्बन्धी सूचना प्रकाशित गरिएको जनाएको छ। तर, सो निर्णयमा नियामकीय समस्या देखिएको भन्दै बोर्डले कम्पनीको धारणा सहित विस्तृत विवरण पेश गर्न भनेको छ।

बोर्डका अनुसार बुटवल पावर कम्पनी लिमिटेडका सञ्चालकहरु नै न्यादी हाईड्रोपावर लिमिटेडमा पनि सञ्चालकको रुपमा रहेका छन्। यस्तो अवस्थामा कम्पनीले गर्न लागेको शेयर बिक्री धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) विपरित रहेको ठहर गर्दै बोर्डले बैशाख ३१ गते कम्पनीलाई औपचारिक पत्र पठाएर प्रक्रिया तत्काल स्थगन गर्न निर्देशन दिएको हो।

बोर्डले बुटवल पावर कम्पनी लिमिटेडलाई न्यादी हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर बिक्रीसम्बन्धी सम्पूर्ण विवरण सहित कम्पनीको स्पष्ट धारणा चाँडै पेश गर्न भनेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार