CLI

आइतबार सुनको मूल्य घट्यो

काठमाडौं ।नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर १ लाख ८४ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि गत शुक्रबार सुन तोलाको एक लाख ८४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave Your Comment

Related News