६ करोबार दिन पछि बढ्यो शेयर बजार, नेप्से बढ्दा घट्यो कारोबार

काठमाडौं । गत साता देखि निरन्तर घटेको शेयर बजार साताको दोस्रो दिन सोमबार बढेको छ ।

सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १९.३० अंकले बढेर २६२८.३६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.१५ अंकले बढेर ४४२.३२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.५३ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.६६ अंकले बढेको हो ।

सोमबार ३२४ वटा कम्पनीको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार पुगेको छ । जुन आइतबारको तुलनामा १ अर्ब १५ करोड ३ लाख ६६ हजारले कम हो । आइतबार ३०९ वटा कम्पनीको १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ५० करोड ९२ लाख २१ हजार पुगेको हो ।

यसैबीच सोमबार बजार पुँजीकरण रकम ४३ खर्ब ७२ अर्ब ९६ करोड ५ लाख पुगेको छ । आइतबार भने बजार पुँजीकरण रकम ४३ खर्ब ४० अर्ब ४३ करोड ५९ लाख पुगेको हो ।

यसदिन १८५ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ६० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन १२ वटा उपसमूह बढ्दा १ वटा उपसमूह घटेको छ । बैंकिङ १५, विकास बैंक ९९, वित्त १७, जलविद्युत ३२, लगानी ०.७९, जीवन बीमा ५५, उत्पादन र प्रशोधन २०, लघुवित्त ७, म्युअुचल फण्ड ०.०४, निर्जीवन बीमा १३७, व्यापार २५ र अन्य समूह ११ अंकले बढ्दा होटल र पर्यटन ८७ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा राधी विद्युत कम्पनी , नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स ,ङादी ग्रुप र युनिभर्सल पावर कम्पनी रह्यो । राधी विद्युत कम्पनीको ५९ करोड ७६ लाख , नेपाल रिइन्स्योरेन्स कम्पनीको ५१ करोड ७ लाख, हिमालयन रिइन्स्योरेन्सको ४१ करोड ७ लाख ,ङादी ग्रुपको २७ करोड ३९ लाख र युनिभर्सल पावर कम्पनीको २४ करोड ९३ लाख बराबर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार