रिद्धि पावर कम्पनीको ७७ लाख कित्ता हकप्रद सेयर सूचीकृत

काठमाडौं । रिद्धि पावर कम्पनी लिमिटेडको ७७ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कम्पनीको ५० प्रतिशत अर्थात् ७७ लाख ४४ हजार पाँच सय ६ बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यो हकप्रद बिक्रीबाट आउने रकम कम्पनीको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी १० मेगावाट क्षमताको तल्लो बलेफीखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वपूँजी व्यवस्थापन गर्ने कम्पनीले जनाएको छ ।कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) ३.८३ प्रतिशत रहेको छ ।  मे ३ मा १ सय ६३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार