CLI

छ्याङ्दी हाइड्रोपावरको ३८ लाख ६९ हजार कित्ता हकप्रद शेयर निष्काशनमा

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । जेठ २३ गतेदेखिकम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले अंकित मूल्य १०० का दरले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । साधारण शेयरको एक कित्ता शेयर बराबर एक कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागिएको हो ।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले जेठ २ गते बुकक्लोज गरेकोमा जेठ १ सम्म नेप्सेमा कारोबार भएका शेयरधनीले आवेदन दिन सक्नेछन् ।

हकप्रदका लागि असार १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

Leave Your Comment

Related News