काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सोही मूल्यमा सुन कारोबार भएको थियो ।
आज चाँदीको मूल्य घटेको छ । चाँदी प्रति तोला ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य १ हजार ९४५ रुपैयाँ थियो ।


