दोर्दी खोलाको ८४ लाख कित्ता शेयरको लकइन अवधिअसारमा सकिदै

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको ८४ लाख १२ हजार ९६० कित्ता शेयरको लकइन अवधि आउँदो असार ७ गतेबाट सकिने भएको छ।

हाल यस कम्पनीको संस्थापकको ७५ लाख ९० हजार ६७५ कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाको ७ लाख ५६ हजार ४२० कित्ता र कम्पनीका कर्मचारीको ६५ हजार ८६५ कित्ता शेयर लकइनमा रहेको छ।

सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले ३ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम यी शेयरहरू लकइनमा रहेका छन्।

लकइन अवधि सकिएसँगै शेयरहरू कारोबार गर्न सकिने छ। यद्यपि कम्पनीको उच्च तह र व्यवस्थापकीय श्रेणीका कर्मचारीले भने कारोबार गर्न सक्ने छैनन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार