सिटिजन लाइफको व्यतित बीमालेखामा नवीकरणमा ब्याज छुट

काठमाडौं । सिटिजन लाइफको बीमालेखा नवीकरणमा विलम्ब शुल्क (ब्याज) छुट प्रदान गर्ने भएको छ । कम्पनीले जेठ १ गते देखि जेठ ३२ गते सम्म विलम्ब शुल्क (ब्याज) मा सय प्रतिशत र असार १ गते देखि असार १६ गते सम्म ५० प्रतिशत विलम्ब (ब्याज) छुट दिन लागेको हो । कम्पनीले नेपाल बीमा प्राधिकरणद्धारा जीवन बीमालेखा सम्बन्धी निर्देशका, २०७९ को दफा ११ को उपदफा (२) र (३) को अधिनमा रही उक्त छुट प्रदान गरेको जनाएको छ ।
उक्त सुविधा बीमा अवधि भरी एक पटक मात्र पाइनेछ, विलम्ब शुल्क (ब्याज) छुट सुविधा बीमालेखा निरन्तर गर्ने प्रयोजनका लागि मात्र रहेको हुँदा यस योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरण मिति देखि दुई व र्ष मित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क (ब्याज) छुट सुविधाको सम्पूर्ण रकम कटा गरिने र बीमालेखामा उल्लेखित सामान्य शर्तहरु यथावन रहेने बताइएको छ ।

कम्पनीले विलम्ब शुल्क (ब्याज) छुट प्रदान गरिएको अवधि भित्र नवीकरण बीमाशुल्क भुक्तानी गरी आ–आफनो बीमालेखा सक्रिय अवस्थामा ल्याउनु हुन र बीमालेख पुनर्जागरण गर्दा पेश गर्नुपर्ने कागजातका सम्बन्धमा यस कम्पनीको नजिकको शाखा÷उपशाखा कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार