काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बीमितहरुलाई २०८१ चैत मसान्तसम्म क्षति भइ कम्पनीमा बीमा दाबी गरेका बीमितलाई आवश्यक कागजातसहित सम्पर्कमा आउन सूचना जारी गरेको छ ।
कम्पनीमा प्राप्त हुन आएको बीमा दाबी सम्बन्धमा हालसम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नभएकाले उक्त सूचना जारी गरिएको हो । सम्पर्कमा नआएका बीमितहरुलाई कम्पनीबाट प्रथम पटक प्रकाशित सूचनाको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन अनुरोध गरिएको छ ।
तोकिएको समयभित्र आवश्यक कागजात सहित सम्पर्कमा नआएका बीमा दाबीका फाइलहरु बन्द गरिने कम्पनीले जनाएको छ ।

