लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ ।

उक्त निवेदनसँग लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले सहकारी पीडितको तर्फबाट जाहेरी दिने ४४ जनाविरुद्ध दायर रिटमाथि पनि मंगलबारदेखि सुनुवाइ जारी छ ।

मंगलबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा लामिछानेका तर्फबाट कानुन व्यवसायीले बहस गरेका थिए । आज पूर्वडीआईजी जोशी, सहकारी पीडित र महान्यायाधीवक्ताको कार्यालयबाट सरकारी वकिलले बहस गर्दैछन् ।

बहस सकिएमा आजै आदेश आउने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार