हिमालयन लाइफ इन्स्योरेन्सको ३ लाख २७ हजार संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ३ लाख २७ हजार १०७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीका संस्थापक शेयरधनीहरु ज्योति कुमार बेगानीले आफ्नो नाममा दर्ता कायम रहेको १,४३,६९७ कित्ता र सोको पछि प्राप्त हुन आउने १४ प्रतिशत बोनश बापतको २०११७.५८ कित्ता तथा चन्दा कुमारी बेगानीले आफ्नो नाममा दर्ता कायम रहेको १,४३,२४० कित्ता र सो को पछि प्राप्त हुन आउने १४ प्रतिशत बोनश बापतको २००५३.६ कित्ता संस्थापक शेयर बिक्रीका लागि निवेदन दिएका थिए ।

उक्त शेयर कम्पनीले बिक्रीमा ल्याएको हो । कम्पनीले पहिलो प्राथमिकतामा संस्थापक शेयरधनीले उक्त शेयर खरिद गर्न पाउनेगरी ३५ दिने सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार