आज लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ नहुने, इजलास बसेन

काठमाडौं ।  मंगलबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दै राखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापती रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने भएको छ ।

मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको निवेदनमाथि सुनुवाइ भएकोमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

तर बुधबार संवैधानिक इजलास तोकिएकोमा उक्त इजलासमा न्यायाधीश सुवेदी परेका छन् । सुवेदी संवैधानिक इजलासमा बसेपछि न्यायाधीश ढकाल र सुवेदीको इजलास नबसेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार