गर्भनर नियुक्ति पछि २७ सय माथि पुग्ला नेप्से !

काठमाडौं । विगत एक महिना देखि २६०० देखि २७०० विन्दुको बीचमा नेपाल स्टक एक्सचेञ्ज, नेप्से बसेको छ । गत चैत १ गते २६८९.२२ विन्दुमा रहेको शेयर बजार जेठ ७ गते आइपुग्दा समेत २६६९.५१ विन्दुमा अडिएको छ । उक्त समयमा शेयर बजार १९.७१ अंकले बढेको छ ।

शेयर बजार स्थिर हुन पुग्दा अर्कोतर्फ कारोबार रकम समेत बढेको छैन । समिक्षा अवधिमा कारोबार रकम समेत ६ अर्ब देखि करिब साढे ११ अर्ब बीचमा कारोबार रकम बसेको छ । जेठ बिहीबार सबैभन्दा कम ६ अर्ब ७७ करोड ७६ लाख कारोबार रकम रहेकोमा सबैभन्दा बढी जेठ २५ गते ११ अर्ब ४१ करोड ८८ लाख कारोबार रकम पुगेको थियो । वैशाख २ गते भने कारोबार रकम ८ अर्ब ४० करोड १५ लाख र जेठ ७ गते भने १० अर्ब ६९ करोड ८६ लाख रहेको थियो । यसैबीच चैतमा भने शेयर बजार २७०० माथि पुगेको थियो । चैत ७ गते २७०६.०४ र चैत ६ गते २७२२.७३ विन्दुमा पुगेको थियो ।

नेपाल राष्ट्र बैंकको रिक्त गर्भनर पदमा मंगलबार सरकराले डा.विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । यो सँगै शेयर बजारका लगानीकर्ताको लागि लगानीको लागि पर्ख र हेरको स्थिति सकिएको छ । गर्भनर नियुक्ति नभएको कारण लगानीकर्ताको मनोबल बढ्न नसक्दा लगानीलाई खुम्चिाएको अवस्था रहेको बजार जानकारहरु बताउँछन् । शेयर बजारको अभिभावक जस्तो संस्थाको पद खाली हुँदा लगानी गर्नबाट पछि हट्नु स्वभाविक रहेको लगानीकर्ता आदित्य शिवाकोटी बताउँछन् । गर्भनर पद नियुक्त भए सँगै लगानीकर्ताले शेयर बजारमा जोखिम मोल्न तयार हुने हुँदा आगमी दिनमा बजार बढ्नु स्वभाविक हुने उनको भनाई छ ।

इन्भेष्टर्स फोरकम अध्यक्ष तुलसीराम ढकालका अनुसार गर्भनर नियुक्ति सँगै शेयर बजार बढ्ने अपेक्षा लगानीकर्तामा रहेको छ । गर्भनर नियुक्तिले लगानीकर्तामाझ सकारात्मक सन्देश जाने हुँदा बजार बढ्न सक्ने आकलन गरिएको छ । महाप्रसाद अधिकारीले अवकाश लिए सँगै गत चैत २४ गते देखि राष्ट्र बैंकको गर्भनर पद रिक्त रहेको थियो भने कार्यवाहक गर्भनरको जिम्मेवारी डा. निलम ढुगांनालाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार