काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको ‘एमबीएल इक्विटी फण्ड’ सूचीकरण गरिएको छ ।
२०८२ जेठ ७ गते नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र माछापुच्छ्रे क्यापिटल लिमिटेडबिच प्रति इकाई मूल्य रु. १० दरको क्रम संख्या १ देखि १२ करोड १६ लाख २५ हजार ३३० सम्मका कुल १२,१६,२५,३३० इकाई सामूहिक लगानी कोष ‘एमबीएल इक्विटी फण्ड’ सूचीकरण सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारण समक्ष आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड मार्फत् सामूहिक लगानी कोष इकाई खुल्ला बिक्री आह्वान गरेको थियो ।
यसरी वितरण गरिएको १२ करोड १६ लाख २५ हजार ३३० इकाई सामूहिक लगानी कोष वितरण भई धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हो । दोस्रो कारोबार दिनबाट उक्त कम्पनीको धितोपत्रको दोस्रो बजारमा कारोबार शुरु हुनेछ ।

