काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ ।
बैंकले जेठ १८ गतेदेखि ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ निष्काशन गर्न लागेको हो । ऋणपत्रमध्ये ६० प्रतिशत व्यक्तिगत तबरबाट र ४० प्रतिशत सर्वसाधारणमा बाँडफाँड गरिनेछ ।
न्यूनतम २५ कित्ताका लागि छिटोमा जेठ २१ र सो अवधिभित्र आवश्यक निवेदन नपरेमा असार १ गतेसम्म बिक्री तथा निष्काशन खुला हुनेछ ।

