RE
Global College

रिभर फल्सको सवा ४३ लाख भन्दा बढी कित्ता शेयरको लकइन अवधि आजबाट सकिने

काठमाडौं । रिभर फल्स पावरको सवा ४३ लाख भन्दा बढी कित्ता कित्ता शेयरको लकइन अवधि आज जेठ ८ गतेबाट सकिने भएको छ। कम्पनीका संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको कुल ४३ लाख २४ हजार ६०० कित्ता शेयरको लकइन आजबाट सकिन लागेको हो।

जसमा संस्थापक शेयरधनीको ३५ लाख ७० हजार कित्ता, आयोजना प्रभावित स्थानीको ७ लाख कित्ता र कर्मचारीको ५४ हजार ६०० कित्ता रहेको छ।

कम्पनीले सर्वसाधारणका लागि २०७९ वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओको बाँडफाँट २०७९ जेठ ९ गते भएको थियो।

नियामकीय प्रावधानअनुसार सर्वसाधारणमा जारी आइपीओको बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको शेयर लकइन राख्नुपर्छ। त्यसपछि मात्र यी समूहको शेयरको लकइन खुल्ने प्रावधान रहेको छ। नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को दफा ३८(१) को नियम बमोजिम सर्वसाधारणमा बाँडफाँट भएको मितिदेखि तीन वर्ष अवधिसम्म उक्त शेयर लकइनमा रहेको हो ।

NECO

Leave Your Comment

Related News