काठमाडौं । निरन्तर घटेको शेयर बजार साताको अन्तिम दिन बिहीबार बढेको छ ।
नेपाल राष्ट्र बैंकको गर्भनर पदमा डा. विश्वनाथ पौडेल नियुक्त भए सँगै त्यसको प्रभाव शेयर बजारमा पर्न सकेको छैन ।
गत साता देखि निरन्तर घटेको शेयर बजार साताको (सोमबार र मंगलबार बाहेक) यो साता बिहीबार भने नेपाल स्टक एक्सचेञ्ज, नेप्से बढे पनि कारोबार रकम घटेको छ ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ७.०८ अंकले बढेर ४५७.९३ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.९२ र सेन्सेटिभ फोल्ट इन्डेक्स २.५४ अंकले बढेको हो ।
बिहीबार ३१४ वटा कम्पनीको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब ८२ करोड २० लाख ७० हजार पुगेको छ । जुन बुधबारको तुलनामा कारोबार रकम ८७ करोड ६५ लाख ८१ हजारले कम हो ।
बुधबार ३१६ वटा कम्पनीको २ करोड ३० लाख २६ हजार २४५ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार पुगेको हो ।
यसैबीच बिहीबार बजार पुँजीकरण रकम ४४ खर्ब ७३ अर्ब ७३ करोड ९२ लाख पुगेको छ । बुधबार भने बजार पुँजीकरण रकम ४४ खर्ब ४२ अर्ब ५ करोड १० लाख पुगेको हो ।
यसदिन १०४ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १४२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन ४ वटा उपसमूह बढ्दा ९ वटा उपसमूह घटेको छ । बैंकिङ ५१, लघुवित्त १२२, म्युअचल फण्ड ०.०१ र निर्जीवन बीमा ०.४८ अंकले बढ्दा विकास बैंक १३, वित्त ११, होटल र पर्यटन १८५, जलविद्युत ३९, लगानी ०.४४, जीवन बीमा २०, उत्पादन र प्रशोधन २७, व्यापार ३५ र अन्य समूह ३ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा ङादी ग्रुप ,राधी विद्युत कम्पनी , कुमारी बैंक, युनिभर्सल पावर कम्पनी र माउन्टेन इनर्जी नेपाल रह्यो । ङादी ग्रुपको ६९ करोड १ लाख ,राधी विद्युत कम्पनीको ६० करोड ७१ लाख , कुमारी बैंकको ४२ करोड ६३ लाख, युनिभर्सल पावर कम्पनीको ४० करोड ८२ लाख र माउन्टेन इनर्जीको ४३४ करोड १८ लाख बराबर करोबार भयो ।शेयर लगानीकर्ताहरुले गर्भनर पदको परिपूर्ति सँगै शेयर बजारमा सकारात्मक प्रभाव पर्ने बताइ रहे पनि त्यसो भएको देखिएन । पछिल्लो एक महिना यता नेप्से २६०० देखि २७०० को बीचमा रुमल्लिएको छ ।

