RE
Global College

रवि लामिछाने र छविलाल जोशीसम्बन्धी मुद्दामा सुनुवाइ सम्पन्न, आदेश आजै आउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ। अब यस मुद्दामा अदालतको आदेश आउने चरणमा पुगेको छ।

मुद्दाका जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस प्रस्तुत गरेका थिए। उनीहरुले मुद्दाका पक्षमा विस्तृत कानुनी तर्कसहित आफ्नो भनाइ राखेका थिए।

जाहेरवालाका कानुनी प्रतिनिधिको बहसपछि प्रतिवादीको पक्षबाट जवाफी बहस भएको थियो। रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले बहस गरे भने पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेलले तर्क प्रस्तुत गरेका थिए।

सुनुवाइ सकिएकाले अब आदेश लेखनको प्रक्रिया सुरु भइसकेको छ। स्रोतका अनुसार आजै अदालतको आदेश आउने सम्भावना रहेको छ, जसले यो बहुचर्चित मुद्दाको प्रारम्भिक टुंगो लगाउनेछ।

NECO

Leave Your Comment

Related News