RE
Global College

बाढीका कारण हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ बन्द

हेटौँडा । काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक गए रातिदेखि बन्द भएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बगाएपछि गएरातिदेखि कान्ति लोकपथ सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

जसका कारण अहिले सवारीसाधन आवतजावत बन्द भएको र सडक खुलाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

कान्ति लोकपथ सडक बन्द हुन्जेल हेटौँडा–काठमाडौँ आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न उनको सुझाव छ।

NECO

Leave Your Comment

Related News