काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत बिहीबार कम्पनीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाले निम्नबमोजिमका ७ निर्णयहरू सर्व सम्मत पारित गरेको छ :-
१. आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको बार्षक प्रतिवेदन पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वासलात तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण तथा अनुसूचीहरु पारित गर्ने ।
३. पि एण्ड बि र चार्टर एकाउन्टेन्सलाई आव २०८१/८२ को वित्तीय विवरणहरूको लेखापरिक्षकको लागि पारिश्रमिक कर बाहेक २ लाख रुपैँया रहने गरी लेखापरिक्षक नियुक्त गर्ने ।
४.स्वतन्त्र सञ्चालक श्री सदिक्षा श्रेष्ठको नियुक्ती अनुमोदन गर्ने ।
५. सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने श्री अर्जुन पन्तलाई सञ्चालकको रूपमा निर्विरोध निर्वाचित गर्ने ।
६. कम्पनीको रजिस्टर्ड कार्यालय सिनामंगल(९, काठमाडौंबाट विरुवागुठी, पर्सागढी(१, पर्सामा स्थानान्तरण गर्ने ।
७. कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधनरथप गर्ने र नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा वा आवश्यकता अनुसार प्रबन्धपत्र तथा नियमावलीमा परिवर्तन वा संशोधन गर्न परेमा सो गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने ।

