साताको शेयर : लगानीकर्ताले कमाए करिब साढे १ खर्ब

काठमाडौं । यो साता पाँच कारोबार दिन मध्ये तीन दिन अर्थात सोमबार, मंगलबार र बिहीबार शेयर बजार बढ्दा लगानीकर्ताले शेयर बजारबाट आम्दानी गर्न सफल भएका छन् । यो साता नेपाल राष्ट्र बैंकमा गर्भनर नियुक्तिको तयारी र गर्भनर नियुक्ति पछि शेयर बजार बढ्न पुग्दा लगानीकर्ताहरु आम्दानी गर्न सफल भएका हुन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम बढेको छ । गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम १ खर्ब २९ अर्ब ३ करोड ३४ लाखले बढेको हो । गत साता ४३ खर्ब ४४ अर्ब ७० करोड रहेको बजार पुँजीकरण रकम यो साता ४४ खर्ब ७३ करोड ७३ लाख पुगेको हो ।
त्यस्तै नेप्सका अनुसार गत साताको तुलनामा यो साता कारोबार रकम ८ अर्ब ४ करोड ४१ लाखले बढेको छ । गत साता ३५ अर्ब ६५ करोड ७४ लाख कारोबार रकम पुग्दा यो साता कारोबार रकम ४३ अर्ब ७० करोड १५ लाख पुगेको हो ।

साथै कारोबार कित्ता शेयरको संख्या समेत बढेको छ । गत साताको तुलनामा यो साता कारोबार कित्ता शेयर १ करोड ३६ लाख ६५ हजारले बढेको हो । गत साता ८ करोड १७ लाख ५९ हजार कित्ता शेयर खरिद बिक्री हुँदा यो साता ९ करोड ५४ लाख २४ हजार कित्ता शेयर खरिद बिक्री भएको हो ।
नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप नेप्से परिसूचक पनि २६०० माथि रहेको छ । यो साता नेप्से परिसूचक २६६८.५५ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा यो साता नेप्से परिसूचक ५६.७ अंकले बढी हो । गत साता नेप्से परिसूचक २६११.८५ विन्दुमा पुगेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इन्डेक्स पनि ४५७.९३ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा १७.९३ अंकले बढी हो । गत साता सेन्सेटिभ इन्डेक्स ४४०.०० विन्दुमा पुगेर बन्द भएको थियो ।

नेप्सका अनुसार समीक्षा अवधिमा समूहगत परिसूचकको हकमा भने ११ वटा उप समुह बढ्दा बाँकी २ वटा उपसमुह घटेको छ । गत साताको तुलनामा यो साता बैंकिङ ९३, विकास बैंक १३२, होटल र पर्यटन ७८, लगानी २.४६,जीवन बीमा १००, उत्पादन र प्रशोधन ५४, लघुवित्त २१४, म्युअुचल फण्ड ०.१२, निर्जीवन बीमा २४२ र अन्य समूह १०७ अंकले बढेको हो । समिक्षा अवधिमा जलविद्युत ११०४ र अन्य समूह १०७ अंकले घटेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार