काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्ट अध्यागमन कार्यालयमा अध्यागनम कार्यालयकै कर्मचारीको सहभाहितामा भिजिट भिसामा भएको मानब तस्करीको बिषयामा गृह मन्त्रालय बोलेको छ । मन्त्रालयका सहसचिब छवि रिजालले आज बिज्ञप्ति जारी गर्दै उक्त घटनमा गृह मन्त्री रमेश लेखकलाई जोड्नु दुखद भएको बताउदै गृहको नेतृत्व कुनैपनि गैरकानूनी वा भ्रष्ट्रचार जन्य कार्यमा गृह मन्त्रीको संम्लग्ता नभएको र नहुने बताएको छ ।
गृह मन्त्रालयले अध्यागमन बिभागको एएरपोर्टमा भएको घटनाको बिषयमा गृहले समाचार माध्यम तथा सामाजिक सञ्जालमा आएका बिषमा आफ्नो गंभिर ध्यानकर्षण भएको जनाउदै सत्य तथ्य बुझेर समाचार सम्प्रेशण गर्न आग्रह गरेको छ ।
मुलुकमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न गृह प्रसासन सदैब क्रियासील रहेको बताउदै जुनसुकै अपराधको बिषयमा सुन्य सहनसिलता नीति अबलम्बग गर्दै गृह प्रसासनलाइ ब्यबस्थित गर्न नीतिगत तथा संस्थागत सुधारका काम गरिरहेको जनाएको छ ।
मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्ट अध्यागमन कार्यालयमा भएको घटनाको बिषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गरिरेको हुँदा छानबीन सखिए पश्चात सत्य तथ्य सार्बजनिक गर्ने बताइको छ । साथै छानबिनको लागि मन्त्रालयले सहयोग गर्ने समेत बताएको छ ।

