सम्पदा लघुवित्तको २९ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले अन्य व्यक्ति तथा सर्वसाधारणका लागि शेयर बिक्रीमा ल्याएको हो । यसअघि
विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याउँदा बिक्री नभएसँगै अन्य व्यक्ति तथा सर्वसाधारणका लागि जारी गरिएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बन्दिपुर, डुम्रेमा आवेदन पेश गर्न सक्नेछन् । आवेदन पेश गर्दा खरीद गर्न चाहेको शेयरको संख्या समेत उपलब्ध गराउनुपर्ने कम्पनीले जनाएको छ ।

यसअघि तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने कम्पनीको नीति अनुरुप शेयर बिक्रीको लागि जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार