काठमाडौं । सङ्घीय संसद् अन्तर्गत अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्न लागेको छ ।
अर्थ समितिको बैठक दिउँसो १२ बजे बस्ने छ भने उधोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजेको लागि तय भएको छ ।
आजको अर्थ समिति बैठकमा बैङक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल गर्ने कार्यसुची रहेको छ भने उधोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल, गर्ने कार्यसुची रहेको छ ।

