CLI

अधिकांश विकास बैंकहरुको बढ्यो खराब कर्जा, नारायाणी डेभलपमेन्ट बैंकको सबैभन्दा बढी खराब कर्जा

काठमाडौं । लामो समय अर्थतन्त्रमा कायम शिथिलताले विकास बैंकहरुको व्यापार खुम्चिएको छ यस्तो अवस्थामा विकास बैंकहरुले कर्जा प्रवाह गर्न सकेका छैनन् भने वितरण गरेको कर्जा समेत उठाउन सकेका छैनन् । अर्थतन्त्रमा कायम शिथिलताले पछिल्लो सयम विकास बैंकहरुको खराब कर्जा समेत करिब ६ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव) को ९ महिनामा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूमा २८ अर्ब ९९ करोड ३२ लाख ३१ हजार ६ सय रुपैयाँ खराब कर्जा (निष्क्रिय कर्जा) देखिएको छ । विकास बैंकहरुले ९ महिनाको अवधिमा ५ खर्ब २१ अर्ब ४६ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा उक्त खराब कर्जा देखिएको हो ।

गत आवको सोही अवधिको तुलनामा भने खराब कर्जा १.९३ प्रतिशत अर्थात् १० अर्ब ८८ करोड ६९ लाख ५०० रुपैयाँ बढी हो । गत आवको ९ महिनामा विकास बैंकहरूको खराब कर्जा १८ अर्ब १० करोड ६३ लाख ३१ हजार १०० रुपैयाँ रहेको थियो । उक्त अवकिमा बैंकहरुले ४ खर्ब ९८ अर्ब ७९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

वितरण कर्जा नउठ्दा समेत अधिकांश जसो विकास बैंकहरुको निष्क्रिय कर्जा बढेको देखिन्छ । चालु आवको ९ महिनामा सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा देखिँदा सबैभन्दा कम मितेरी डेभलपमेन्ट बैंकको रहेको छ । नारायणी विकास बैंकमा ४४.९६ प्रतिशत निष्क्रिय कर्जा छ भने मितेरीमा ०.७८ प्रतिशत छ । गत आवको सोही अवधिमा नारायणीको निष्क्रिय कर्जा ३१.७७ प्रतिशत र मितेरिको २.६३ प्रतिशत थियो ।

यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा १३.०९ प्रतिशत र सप्तकोशी डेभलपेन्ट बैंकको १२.९१ प्रतिशत छ । गत आवको सोही अवधिमा कर्पोरेट डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा ४.९५ प्रतिशत र सप्तकोशीको १२.४० प्रतिशत थियो ।

९ महिनाको अवधिमा सिन्धु विकास बैंकको ८.६४ प्रतिशत, लुम्बिनी विकास बैंकको ७.१८ प्रतिशत र महालक्ष्मी विकास बैंकको ४.९९ प्रतिशत निष्क्रिय कर्जा पुगेको छ । सोहि अवधिमा साँग्रिला विकास बैंकको ४.९७ प्रतिशत, ग्रीन विकास बैंकको ४.८७ प्रतिशत, गरिमा विकास बैंकको ४.७८ प्रतिशत र मुक्तिानाथ विकास बैंकको ४.४१ प्रतिशत निष्क्रिय कर्जा पुगेको छ । त्यसैगरी ९ महिनाको अवधिमा कामनाको ४.२७ प्रतिशत, ज्योतिको १.३७ प्रतिशत निष्क्रिय कर्जा पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार