काठमाडौं । तपस्वीको भेषमा विभिन्न ठाउँमा आश्रम खोल्दै आएका रामबहादुर बमजन कारागार चलान भएका छन् । बलात्कार मुद्दामा सफाइ पाइ छुटेको दुई महिनाको अन्तरालमा बमजन पुन: कारागार चलान भएका हुन् ।
सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सम्पत्ति शुद्धिकरणको मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । उनीविरुद्ध ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको थियो।
२०८१ असारमा जिल्लाले उनलाई बलात्कार मुद्दामा १० वर्षको कैद सजाय सुनाएकोमा गत चैत ६ गते उच्च अदालत जनकपुरका न्यायाधीश खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले सफाइ दिएपछि उनी छुटेका थिए । सम्पत्ति शुद्धिकरणको मुद्दामा बमजन सोमबार आफैँ अदालतमा उपस्थित भएका थिए ।

