काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अधिकतम कारोबार रेञ्जबाट सुरु भएको हो । कम्पनीको नेप्से सिम्बोल पीयुआरई रहेको छ।
नेप्सेका अनुसार मंगलदबार कम्पनीको १० कित्ता शेयर २८९ रुपैयाँ ३० पैसाबाट कारोबार सुचारु भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९६ रुपैयाँ ४५ पैसादेखि २८९ रुपैयाँ ३५ पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । सोही रेञ्जका आधारमा मंगलबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कारोबार सुरु भएको हो ।
मंगलबार पहिलो १५ मिनेटमा कम्पनीको ४० कित्ता शेयर खरिद बिक्री भएको छ ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरु (वैदेशिक रोजगारीमा रहेका नेपाल, सामूहिक लगानी कोष र कर्मचारी समेत) लाई निष्काशन गरी बाँडफाँट गरेको १६ लाख कित्ता साधारण शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेको ६४ लाख कित्ता शेयर गरी कुल ८० लाख कित्ता शेयर यसअघि दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी नेप्सेमा सूचीकृत गरेको थियो ।


