काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार एक अंक भन्दा कमले बढेको छ । नेपाल राष्ट्र बैंकले शेयर कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत कायम गरे पनि त्यसको प्रभाव पर्न नसकिरहेको भन्दै आलोचना भएको समया ज्यादै न्यून अंकले शेयर बजार बढेको हो ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.८७ अंकले बढेर ४५६.९६ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.०१ अंकले घट्दा सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.३० अंकले बढेको हो ।
मंगलबार ३१८ वटा कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार पुगेको छ । जुन सोमबारको तुलनामा कारोबार रकम १ अर्ब ५ करोड ७१ लाख ८३ हजारले कम हो । सोमबार ३३७ वटा कम्पनीको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ५८ करोड ५० लाख २२ हजार पुगेको छ ।
यसैबीच मंगलबार बजार पुँजीकरण रकम ४४ खर्ब ५२ अर्ब २१ करोड ८५ लाख पुगेको छ । सोमबार भने बजार पुँजीकरण रकम ४४ खर्ब ५० अर्ब ७९ करोड ३० लाख पुगेको हो ।
यसदिन ८५ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ७ वटा उपसमूह बढ्दा ६ वटा उपसमूह घटेको छ । बैंकिङ ६, विकास बैंक ९०, जलद्यिुत ५, उत्पादन र प्रशोधन २२ , व्यापार ४१ र म्युअुचल फण्ड ०.०३ अंकले बढ्दा वित्त १५, होटल र पर्यटन ६, लगानी ०.२८, जीवन बीमा ७३, लघुवित्त ५६, निर्जीवन बीमा ७० र अन्य समूह ५ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा युनिभर्सल पावर कम्पनी, राधी विद्युत कम्पनी, ङादी ग्रुप, सानिमा माई हाइड्रोपावर र बुटवल पावर कम्पनी रह्यो । युनिभर्सल पावर कम्पनीको ६३ करोड ५८ लाख, राधी विद्युत कम्पनीको ४७ करोड ३६ लाख, ङादी ग्रुपको ४२ करोड १९ ल ाख, सानिमा माई हाइड्रोपावरको २६ करोड ४३ लाख र बुटवल पावर कम्पनीको २५ करोड ८७ लाख बराबर कारोबार भयो ।

