ट्रेड टावरको आईपीओमाथि आजदेखि आवेदन दिन सकिने

काठमाडौं ।  ट्रेड टावर लिमिटेडले सर्वसाधारणको लागि आजदेखि आईपीओ निष्काशन तथा बिक्री गर्दैछ ।

कम्पनीले वैशाख ८ गतदेखि वैशाख २२ गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १६९ दशमलव ३० कित्ता शेयर बिक्री खुला गरेको थियो । पहिला चरणको शेयर बाँडफाँड सम्पन्न भएपछि अब कम्पनीले आम सर्वसाधारणलाई जेठ १४ बाट  शेयर निष्काशन गर्न  लागेको हो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत्र २५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो । कम्पनीले जारी पँजी ८१,५६,०९,७००रुपैया मध्ये ४८.६९% अर्थात ३९,७१,६९,३०० रकम बराबरको  प्रति कित्ता १०० का दरले कुल ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्नेछ ।

कम्पनीले ५ % प्राथमिक शेयर सामुहिक लगानी कोषको लागि बितरण गर्ने छ २ % शेयर कम्पनीमा कार्यरत कर्मचारीको लागि छुट्याइएको छ ।   कम्पनीले जारी पुँजीको ४८.६९६ प्रतिशत शेयर आईपीओको रुपमा निष्काशन गर्न लागेको हो। शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

यस कम्पनीले थापाथलीमा ट्रेड टावर निर्माण सम्पन्न गरि संचालन गरिरहेको छ।

त्यस्तै भैँसीपाटीमा जनता रेसिडेन्सी नामको अपार्टमेन्ट र गौशालामा होटेल क्रिस्टल पशुपति निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष शिवहरि दंगाल हुन् । कम्पनीमा उनको सबैभन्दा धेरै शेयर स्वामित्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार