शत प्रतिशत हकप्रद निष्काशन गर्दै बरुण हाइड्रो, शेयरधनी दर्ता पुस्तिका बन्द गरिँदै

काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका जेठ २२ गतेदेखि बन्द गरिने भएको छ ।

कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ । सो बराबर प्रतिशेयर एक सय रुपैयाँ अंकित दरको ५३ लाख ५८ हजार १५० कित्ता साधारण शेयरको  १ : १ अनुपात अर्थात विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ १ कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले जेठ २२ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्न लागेकोमा सोभन्दा एक दिनअघि कारोबार समयसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा भएको कारोबारबाट कायम भएका शेयरधनीले मात्र हकप्रद शेयरका लागि दरखास्त दिन पाइने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार