हिमालयन लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्यो ८ प्रतिशत लाभांश

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत (करसहित) नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव ईश्वर सेडाईले जनाएका छन् ।

कम्पनीको हाल कायम चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३ सय ६ रुपियाँ छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा प्राधिरकणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार