काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत प्रारम्भिक शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले आइपीओ निष्कासनका लागि साधारण सभाले अनुमति प्रदान गरेको छ ।
कम्पनीलाई कम्पनीको चुक्ता पूँजी १ अर्ब १७ करोड ३२ को १ः १ अनुपातमा आइपीओ निष्कासन गर्नका लागि अनुमति पाएको हो । साधारण सभा प्रयोजनाको लागि कम्पनीले पुस १२ गत बुक क्जोल गर्ने जानकारी दिएको छ । यस बूक क्लोजको आधारमाा पुस ११ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लन लिन सक्नेछन् ।
त्यस्ते कम्पनीले तेस्रो वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ । साधारण सभा काठमाडौंको चण्डोलस्थित कुण्डनि दरबार ब्याक्वेटमा उक्त दिन अपरान्ह १ बजे सुरु हुने कम्पनीले जनाएको छ । सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल सुरु गरी पारित गर्नुका साथै चालु आवको लखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रसव पनि पारित गर्नेछ ।

