काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन हो । इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनार्थ जेठ १६ गते शुक्रबार बुकक्लोज गर्दैछ ।
बुकक्लोज अनुसार आज बुधबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन । इन्स्योरेन्सले हाल कायम चुक्त पुँजीको ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ । बिहीबार सरकारले गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ ।
यस इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँको दरले शेयर जारी गर्न लागेको हो । इन्स्योरेन्सले एक अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको एक करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।
इन्स्योरेन्सको उक्त दरको हकप्रद जारी गर्ने निणर्य १६ औँ वार्षिक साधारण सभाबाट पारित भएको थियो ।

