काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको पूर्वसन्ध्यामा शेयर बजार बढेको छ । मंगलबार ०.८५ अंकले बढेको शेयर बजार बुधबार पनि बढेको हो ।
बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १७.४४ अंकले बढेर २६९३.०६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.२३ अंकले बढेर ४६१.२० विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.४८ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.५९ अंकले बढेको हो ।
बुधबार ३२३ वटा कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ५८ करोड ६० लाख ४ हजार पुगेको छ । जुन मंगलबारको तुलनामा कारोबार रकम २ अर्ब ५ करोड ८१ लाख ६५ हजारले बढी हो । मंगलबार ३१८ वटा कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार पुगेको हो ।
यसैबीच बुधबार बजार पुँजीकरण रकम ४४ खर्ब ८३ अर्ब ८० करोड ४१ लाख पुगेको छ । मंगलबार भने बजार पुँजीकरण रकम ४४ खर्ब ५२ अर्ब २१ करोड ८५ लाख पुगेको हो ।
यसदिन १४८ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ९७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन ९ वटा उपसमूह बढ्दा ४ वटा उपसमूह घटेको छ । बैंकिङ २६, विकास बैंक ७१, वित्त ४, होटल र पर्यटन ५५, जलविद्युत ३१, लगानी ०.०३, उत्पादन र प्रशोधन ४८, व्यापार २ र म्युअुचल फण्ड ०.०२ अंकले बढ्दा जीवन बीमा ३३, लघुवित्त १३, निर्जीवन बीमा ३३ र अन्य समूह १ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा ङादी ग्रुप, राधी विद्युत कम्पनी,
युनिभर्सल पावर कम्पनी, बुटवल पावर कम्पनी र कुमारी बैंक रह्यो । ङादी ग्रुपको १ अर्ब ५ करोड ७३ लाख, राधी विद्युत कम्पनीको ६० करोड ८ लाख, युनिभर्सल पावर कम्पनीको ५१ करोड ६ लाख, बुटवल पावर कम्पनीको ३५ करोड ६ लाख र कुमारी बैंकको २१ करोड ६० लाख बराबर कारोबार भयो ।
कानुनी व्यवस्था अनुरुप बिहीबार संसदबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने छन् ।

