काठमाडौं । सरकाले आगामी आर्थिक बजेटमार्फत् उद्योग वाणिज्य मन्त्रालयाई १० अर्ब १४ करोड बजेट विनियोजन गरको छ । औद्योगिक तथा वाणिज्य क्षेत्रको विकासको लागि उक्त बजेट प्रदान गरिएको हो ।
सरकारले बजेटमार्फत् विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रका उद्योगलाई तीन वर्ष भाडा छुट दिने भएको छ । विशेष आर्थिक क्षेत्रको भाडादर मासिक प्रतिवर्गमटिर २० बाट घटाई ५ रुपैयाँ कायम गरिएको छ ।
औद्योगिक क्षेत्रका उद्योगले ३० प्रतिशत भन्दा बढी निर्यात गरेमा विशेष आर्थिक क्षेत्रको सरह सुविधा दिइने । औद्योगिक पूर्वाधारका लागि १ अर्ब ५ करोड बजेट दिइने भएको छ ।

