RE
Global College

खाद्यान्न आयातमा लगाएको अग्रिम आयकर खारेज

काठमाडौं । सरकारले खाद्यान्न र फलफूलमा लगाउँदै आएको अग्रिम आयकर खारेज गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले खाद्यान्न र फलफूलमा अग्रिम आयकर लगाएका थिए ।

उक्त अग्रिम आयकर आज संसदमा पेश गरिएको आगामी आवको बजेट मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खारेज गरेका हुन् ।

‘खाद्यान्न गेडागुडी फलफूल लगायत वनस्पतिजन्य, पशुजन्य तथा दुग्धजन्य पदार्थमा भन्सार विन्दुमा लाग्दै आएको अग्रिम आयकर खारेज गरेको छु,’ पौडेलले भने।

ती वस्तुमा १.५ प्रतिशत देखि १० प्रतिशतसम्म अग्रिम आयकर लगाइएको थियो।

NECO

Leave Your Comment

Related News