काठमाडौं । सरकारले चिनीको आयात महसुल आधा घटाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयक मार्फत चिनीको आयात महसुल ३० प्रतिशतबाट १५ प्रतिशतमा घटाएको हो ।
उच्च महसुलका चिनी तथा चिनी जन्य खाद्य पादार्थ अवैद रुपमा नेपालमा भित्रिने गरेको छ । जसका राजस्वले ठूलो राजस्व गुमाउनु परेको छ । चिनीको महसुल घटेसँगै चिनी र चिनी जन्य पदार्थ वैध माध्यमबाट भित्रिने सरकारको विश्वास छ ।
कोल्डड्रिङ्क्स, बिस्कुट, इनर्जी ड्रिङ्क्स, कन्फेक्सनरी, जुस लगायतका उद्योगले लामो समयदेखि चिनीको आयात महसुल घटाउन माग गरिरहेका थिए।

