दुई इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । दुई इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जेठ १५ गते बिहीबार नेप्सेमा एशियन लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको हो ।

एशियन लाइफको ४२ प्रतिशत हकप्रद र प्रभु महालक्ष्मी लाइफको ८ प्रतिशत बोनसमा शेयर मूल्य समायोजन गरेको हो । हकप्रद समायोजनपश्चात एशियन लाइफको समाजित मूल्य प्रतिकित्ता ५२० रुपैयाँ ३ पैसा र प्रभु महालक्ष्मी लाइफको ५१२ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

बुधबारको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सहरुको शेयरमूल्य समायोजन गरिएको हो । बिहीबार दोस्रो बजारमा एशियन लाइफको ६९६ रुपैयाँ ४४ पैसा र प्रभु महालक्ष्मीको शेयर ५५३ रुपैयाँ ५९ पैसामा कारोबार भएको थियो ।

अब आइतबार दोस्रो बजारमा दुबै इन्स्योरेन्सहरुको शेयर बिहीबार समायोजित शेयरमूल्यलाई आधार मानेर खुला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार