काठमाडौं । पछिल्लो समय शेयर बजार लाभ हुने दुई घटनाहरु भए पनि खासै शेयर बजारमा सकारात्मक प्रभाव परेन । एउटा घटना नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्त र अर्को बजेट सार्वजनिक कार्यक्रम भए पनि शेयरबजारमा ठूलो सकारात्मक प्रभाव परेन , जसको प्रभावस्वरुप साताभर शेयर बजारका धेरै सूचक राम्रो हुन सकेन ।
बिहीबार सार्वजनिक बिदा परेको कारण साताभर शेयर बजार कुल दुई दिन बढ्दा दुई दिन घटेको हो । मंगलबार झिनो ०.८५ अंकले बढेको शेयर बजार बुधबार भने १७ अंकले बढेको हो । समग्रमा भने यो साता शेयर लगानीकर्ताहरुले १० अर्ब ६ करोड ४९ लाख शेयर बजारबाट आम्दानी गरे ।
यो सँगै गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांकमा देखिएको छ । यो साता ४४ खर्ब ८३ अर्ब ८० करोड रहेको बजार पुँजीकरण रकम गत साता भने साता ४४ खर्ब ७३ करोडमा बजार पुँजीकरण रकम सिमित हुन पुगेको थियो ।
त्यस्तै नेप्सका अनुसार गत साताको तुलनामा यो साता कारोबार रकम भने १७ अर्ब ८६ करोडले घटेको छ । गत साता ४३ अर्ब ७० करोड १५ लाख कारोबार रकम पुग्दा यो साता कारोबार रकम २५ अर्ब ८३ करोड ८७ पुगेको हो ।
साथै कारोबार कित्ता शेयरको संख्या समेत घटेको छ । गत साताको तुलनामा यो साता कारोबार कित्ता शेयर २ करोड ४६ लाख ९८ हजारले घटेको हो । गत साता ९ करोड ५४ लाख २४ हजार कित्ता शेयर खरिद बिक्री हुँदा यो साता ७ करोड ७ लाख २५ हजार कित्ता शेयर खरिद बिक्री भएको हो ।
नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप नेप्से परिसूचक पनि २६०० माथि रहेको छ । यो साता नेप्से परिसूचक २६९३.०६ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा यो साता नेप्से परिसूचक ५४.५१ अंकले बढी हो । गत साता नेप्से परिसूचक २६६८.५५ विन्दुमा पुगेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इन्डेक्स पनि ४६१.२० विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा ३.२७ अंकले बढी हो । गत साता सेन्सेटिभ इन्डेक्स २६६८.५५ विन्दुमा पुगेर बन्द भएको थियो ।

नेप्सका अनुसार समीक्षा अवधिमा समूहगत परिसूचकको हकमा भने ५ वटा उप समुह बढ्दा बाँकी ८ वटा उपसमुह घटेको छ । गत साताको तुलनामा यो साता बैंकिङ २५, विकास बैंक ६६, जलविद्युत २१ र उत्पादन र प्रशोधन १२३ अंकले बढ्दा वित्त ३८,होटल र पर्यटन १३४, लगानी १.५९,जीवन बीमा १७८, लघुवित्त ४०, म्युअुचल फण्ड ०.५४, निर्जीवन बीमा १५७ र अन्य समूह २८ अंकले घटेको हो ।


