काठमाडौं । मुलुकमा पहिलो पटक नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ १८ गते देखि ग्रीन बण्ड जारी गरेको छ । कम्पनीले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदमार ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ निष्कासन गरेको हो ।
कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख रुपैयाँ कित्ता ऋणपत्र निष्कासन गरेको हो ।
निफ्राले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ। त्यसमध्ये ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ।
सर्वसाधारणका लागि छुट्याइएको कुल इकाइमध्ये १ लाख इकाइ सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ। बाँकी १९ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १० लाख इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।
यो ऋणपत्रको निष्कासन बन्द छिटोमा जेठ २१ गते हुनेछ। यो अवधिभित्र मागबमोजिम आवेदन नपरेको खण्डमा असार १ गतेसम्म बिक्री खुला गरिनेछ। निफ्राको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

