संघले प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब वित्तीय अुनदान दिने (पूर्ण विवरण सहित)

काठमाडौं । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई आगामी आर्थिक वर्षमा ४ खर्ब १७ अर्ब रुपैयाँ अनुदान हस्तान्तरण गर्ने भएको छ। संघले संवैधानिक प्रावधान अनुरुप अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत विभिन्न शीर्षकमा उक्त अनुदान रकम वितरण गर्न लागेको हो । संघले उक्त अनुदान रकम आगामी आवको बजेटमार्फत् विनियोजन गरेको हो ।

आगामी आर्थिक वर्षको लागि प्रदेशहरूलाई कुल ९७ अर्ब ५६ लाख रुपैयाँ र स्थानीय तहलाई ३ खर्ब २० अर्ब रुपैयाँ हस्तान्तरण गर्ने भएको हो।

प्रदेशमा समानीकरण अनुदान ६० अर्ब ६६ करोड, सशर्त अनुदान ३० अर्ब ३५ करोड, विशेष अनुदान ३ अर्ब २६ करोड रुपैयाँ र समपूरक अनुदान ३ अर्ब २८ करोड रुपैयाँ हस्तान्तरण हुनेछ।

त्यस्तै ६ वटा महानगर पालिकामा संघीय सरकारले ११ अर्ब ७४ करोड रुपैयाँ अनुदान, ११ उपमहानगरमा ११ अर्ब ३८ करोड अनुदान, नगरपालिकामा १ खर्ब ४३ अर्ब र गाउँपालिकामा १ खर्ब ५४ करोड रुपैयाँ हस्तान्तरण हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार