काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ)मा आजसम्म आवेदन दिन सकिनेछ ।
ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ)मा आजसम्म आवेदन दिन सकिनेछ ।
यसअघि आईपीओमा आवेदन दिने अन्तिम म्याद जेठ १९ गतेसम्म तोकिएकोमा एक दिन म्याद थप गरिएको थियो ।
कम्पनीले जारी पुँजीको ४८.६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता साधारण शेयर सार्वजनिक निष्कासनको अनुमति पाएको हो । त्यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९७ हजार १६९ कित्ता, सामूहिक लगानी कोषलाई १ लाख ९८ हजार ५८५ कित्ता र कम्पनीका कर्मचारीलाई ७९ हजार ४३४ कित्ता शेयर आरक्षित गरी बाँडफाँट गरिसकिएको छ ।
बाँकी रहेका ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो । यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।