दरमखोला हाइड्रोले पायो आइपीओ बिक्री अनुमति

काठमाडौं । दरमखोला हाइड्रो इनर्जीले आइपीओ निष्काशन तथा बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बोर्डबाट ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता आइपीओ बिक्रीका लागि अनुमति पाएको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरले चूक्ता पुँजीको ३८.३३ प्रतिशत अर्थात् ३९ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्रीका लागि बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीले यसअघि नै आईपीओ निष्काशनका लागि बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरिसकेको छ । सेबोनले जेठ २० गते कम्पनीलाई आईपीओ निष्काशन तथा बिक्रीकाको अनुमति प्रदान गरेको हो ।

कम्पनीले बागलुङको गलकोट नगरपालिका वडा नम्बर ११ मा ९.६ मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउँदैछ । कम्पनीले आईपीओ निष्काशनका लागि सेबोनमा २०८० भदौ ५ गते आवेदन दिएको थियो । कम्पनीले आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार