काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीको संस्थापक शेयर बिक्रि गर्ने सम्बन्धि सुचना प्रकाशित भए अनुसार प्रभु बैंक शेयर धनी रहेको २१ लाख ९६ हजार कित्ता, विराटकुमार शेयर धनी रहेको १ लाख ४१ हजार ३ सय २५ कित्ता, विनिता शेयर धनी रहेको १ लाख कित्ता, यादवेन्द्र गौतम शेयर धनी रहेको १ लाख ९ हजार ८ सय कित्ता र प्रजितराज पराजुली शेयर धनी रहेको ३७ हजार ५ सय कित्ता गरी जम्मा २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक शेयर बिक्री गर्न हो ।
बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्न इच्छुक कम्पनीका हालका संस्थापक शेयरधनीले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको कमलादीमा रहेको केन्द्रीय कार्यालयमा आवेदन बिनु पर्नेछ ।
प्रकाशित सुचना अनुसार कम्पनीले तोकिएको समयभित्र संस्थापक शेयर खरिद आवेदन नपरेमा कानुनबमोजिम अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्रीको लागि प्रक्रिया अघि बढाइने छ ।