प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्बाचित

काठमाडौं ।  प्रभु इन्स्योरेन्स  कम्पनी लिमिटेडको अध्यक्षमा  राजेन्द्र मल्ल चयन भएका छन् ।  मंगलबार बसेको संचालक समितिको बैठकले मल्ललाई सर्वसम्मत  अध्यक्षमा चयन गरेको ह।

कम्पनीको वैशाख २० गते सम्पन्न २८ औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनी समूहबाट संचालकमा राहुल थोकर लामा र मिजास भट्टचन र साधारण शेयरधनी समूहबाट रामेश्वर सापकोटा,राजेन्द्र मल्ल र साङ्गे लामालाई सञ्चालक समितिमा निर्वाचित गरेको थियो ।

अध्यक्षमा निर्बाचित मल्ल निर्जीवन व्यवसायी संघका अध्यक्ष र नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष समेत हुन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार