सिटी होटल हकप्रद सेयर निष्कासनको तयारीमा

काठमाडौं । सिटी होटल लिमिटेडले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिँदै स्वीकृतिको माग गरेको छ ।

सेबोनबाट स्वीकृति प्राप्त भए पश्चात, सिटी होटलले हालको चुक्तापुँजीको अनुपातमा १ः०.८० अनुपातमा हकप्रद सेयर जारी गर्नेछ । कम्पनीले कुल १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

यस योजना अनुसार, कम्पनीले १०० रुपैयाँ अंकित दरमा १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर सेयरधनीहरूका लागि ल्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार