RE
Global College

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख १४ हजार १४० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्रीमा ल्याएको हो ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र आवेदन फाराम १०० रुपैयाँ नगद भुक्तानी गरी लक्ष्मी सनराईज क्यापिटल कमलपोखरी काठमाडौंबाट प्राप्त गर्न सकिनेछ ।

उक्त शेयरमा जेठ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सकिने छ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ

बोलपत्र दाखिला गरिसकेपछि बोलपत्रमा कबोल गरेको शेयर संख्या वा रकममा कुनै हेरफेर गर्न वा बोलपत्र फिर्ता लिन सकिने छैन ।

शेयर बिक्री गर्ने वा नगर्ने वा आवेदनमा माग गरेको भन्दा कम शेयर बांडफांट गर्ने तथा बोलपत्र आवेदन तथा शेयर बांडफांट सम्बन्धी कुनै विवाद उत्पन्न भएमा सो को अन्तिम निर्णय गर्ने अधिकार बिक्री गर्ने संस्थापक शेयरधनीमा निहित रहने बैंकले जनाएको छ ।

 

NECO

Leave Your Comment

Related News